प्रदेश नम्बर २ का नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले सामाजिक विकास मन्त्री नबलकिशोर साहको राजीनामा मागेका छन्।
प्रदेश सभाको शुक्रबारको बैठकमा सिंहले एसइइ परीक्षाको प्रश्नपत्र आउट भएपछि परीक्षा अबरुद्ध हुँदा यो क्षेत्रका ७२ हजार विद्यार्थीको भबिष्यमाथि खेलवाड भएको भन्दै मन्त्री साहको राजीनामा मागेका हुन्।
प्रदेश सभा सदस्य सिंहले जनता आबास कार्यक्रमका नाममा प्रदेश सरकारले कार्यकर्ता पोस्ने काम गरेको भन्दै कार्यबिधि नसच्याएसम्म संसद अबरुद्ध गर्ने चेतावनी दिए।
नेकपाका प्रदेश सभा सदस्यहरुले पनि जनता आबासका नाममा सरकारले कार्यकर्तालाई हाकिम बनाएर योे प्रदेशका १०७ जना सांसदको अपमान गरेको भन्दै तत्काल नसच्याएमा आफूहरु चुप लागेर नबस्ने बताए।




















प्रतिक्रिया