Logo

पत्रपत्रिका

फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गरिने



कर्मचारी अभाव पूरा गर्न सरकारले फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गर्ने बताएको छ । कर्मचारी समायोजनको काम पूरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्र रहेका कर्मचारी अभाप हटाउन सरकारले नयाँ भर्नाको तयारी गरेको हो ।

समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फास्ट ट्र्याकबाट करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरु भएको बताए । उनले भने, ‘ अब गरिने भर्ना फास्ट ट्र्याकबाट हुनेछ । यसो नगरे प्रक्रिया लम्बन्छ ।’

स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी भर्ना गर्न फास्ट ट्र्याकको बाटो अपनाउनु परेको पण्डितले जानकारी गराए ।

नागरिक दैनिक

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार ०१:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।