Logo

पत्रपत्रिका

दुई सातामा विप्लव समूहका तीन सय नेता कार्यकर्ता पक्राउ



सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्तालाइृ सरकारले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये ३५ जना सोधपुछपछि छुटेका छन् भने २ सय ४५ जनालाई हिरासतमा राखेर छानबिन गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

‘हामीलाई सरकारले राजनीतिक शक्ति मान्दैन, लुटेरा समूहजस्तो व्यवहार गर्छ,’ पार्टीका एक केन्द्रीय नेताले भने, ‘आफैँ गोली चलाउँछन्, दोहोरो गोली चल्यो भन्छन् । आफैँ वार्ताको डङ्का पिट्छन्, उता नेता कार्यकर्ता पक्राउ र धरपकड गर्छन् ।’ नयाँ पत्रिकाबाट

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार ०१:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।