Logo

पत्रपत्रिका

पुर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा



पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गरेका छन् ।

यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहेका उनले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन्  ।

उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन्  । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो ।भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए ।

‘भेटका क्रममा सबैले पुर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए–स्रोतले भन्यो ।उनले करिब चालिसजना भन्दा बढीलाई भेटेको बताइन्छ ।

सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राखेको उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिना समेत थिए । नेपाल समाचारपत्र

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार ०१:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।