आज पोखरामा गायक प्रमोद खरेलको विशेष प्रस्तुती हुँदैछ । ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रम अन्तरगत पोखरामा हुने उनको विशेष प्रस्तुतीका लागि प्रमोद पोखरा आईसकेका छन् ।
साँझ ४ बजेदेखि पोखरास्थित सभागृहमा उनको प्रस्तुती हुने आयोजक संस्था एभिन्यू ग्रुप अफ कमर्शले जनाएको छ । उनलाई गायिका मिना निरौला र हाँस्यव्यंगकार मनोज गजुरेलले साथ दिँदैछन् ।

१५ जना लाइभ ब्याण्ड सदस्य सहित गायन प्रस्तुती दिन लागेका प्रमोदले आफ्ना चर्चित गीतहरुलाई प्रस्तुत गर्दैछन् । कार्यक्रमको व्यवस्थापनको जिम्मा बार्दली मिडिया प्रालिले लिएको छ ।
‘हाम्रो प्रतिक्षाको घडी सकिएको छ । र, आज पोखरालाई मन्त्रमुग्ध बनाउन गायक प्रमोद खरेल पुरै तम्तयारीका साथ यहाँ आईपुगिसकेका छन् ।

नेपाल टेलिकमको मूख्य प्रायोजनमा हुने कार्यक्रमको प्रायोजकको रुपमा हङकङ ब्यूटी इन्स्टिच्युट प्रालि प्रायोजक र सहप्रायोजकको रुपमा ह्वाइट पर्ल रिक्रुटमेन्ट सर्भिसेज प्रालिले सहकार्य गरेको छ ।
यो इभेन्टका लागि प्रोमोटेड बाइ टाइटलमा टार्गेट इन्टरनेशनल एजुकेशन, होटल पार्टनरमा द कल्चर रिसोर्ट, रेस्टुरेन्ट पार्टनरमा बाजेको सेकुवा, प्रायोजकको रुपमा हङकङ ब्यूटी इन्स्टिच्युट प्रालि लगाएत कम्पनीहरुले व्यवसायिक साझेदारी गरेका छन् ।




















प्रतिक्रिया