पत्रिकाको सम्पादकीयमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्किप एड गर्न, एफएममा पूर्वसूचना दिई बिहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्न पत्रकार महासंघ कास्कीको आग्रह
पोखराबाट प्रकाशित हुने पत्रिकाको सम्पादकीयमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्किप एड गर्न, एफएममा पूर्वसूचना दिई बिहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्न पत्रकार महासंघ कास्कीले आग्रह गरेको थियो ।
प्रेस स्वतन्त्रताका लागि सांकेतिक विरोधमा ऐक्यबद्धता जनाइदिनसमेत पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्तिमार्फत आग्रह गरे थिए । गिरीलाई जिल्ला अदालत काठमाडौंले मंगलबार ३ दिन म्याद थप गरेको छ ।
विपेन्द्रराज बतासले ठगी गरेको समाचार चैत २२ को अंकमा लेखेका गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो। पत्रिका प्रेस काउन्सिलमा दर्ता नभएको आरोपमा गिरीलाई पक्राउ गरे पनि ताण्डव र अनलाइन दुवै काउन्सिलमा दर्ता छन् ।
पत्रकारलाई साइबर क्राइमको कानुन देखाएर तर्साउन खोजेको भन्दै पत्रकारहरुले सामाजिक सञ्जालमा पत्रकारिता साइबर अपराध होइन लेखेका छन् ।





















प्रतिक्रिया