नेकपा विभाजनको असर यतिवेला केन्द्रदेखि वडा तहसम्मै देखिएको छ ।
विभाजित दुवै समूहले यतिखेर एकले अर्कोलाई सिध्याउने, निकाल्ने, कव्जा गर्ने सम्मका काम गरिरहेकाछन् ।
वाग्मती प्रदेश , १ नम्वर प्रदेशमा केपी ओली पक्षधर मुख्यमन्त्रीले दाहाल-नेपाल पक्षधर मन्त्रीलाई बर्खास्त गरेका थिए, भने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका छन् । दाहाल -नेपाल पक्षका मुख्यमन्त्रीले केपी ओली पक्षका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
प्रचण्ड–माधव नेपाल पक्षको बर्चश्व रहेको प्रदेश सरकारमा बोहोरा ओली पक्षबाट एकजना मात्र मन्त्री थिए । उनी डडेलधुराबाट निर्वाचित भएका हुन् ।
प्रदेशसभामा प्रचण्ड माधव नेपाल पक्षले आफ्नो बहुमत रहेको दावी गरेको छ ।





















प्रतिक्रिया