दार्चुला, महाकाली नगरपालिका-४ खलंगा बिद्यानगर टोलस्थित गोबिन्द बहादुर धानुकको घरमा तास खेलिरहेको अवस्थामा गोबिन्दा समेत २२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ३६ हजार ७ सय ६७ रुपैयाँ र ५ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया