Logo

मनोरञ्जन

फिल्मी शैलीमै मान्छे कुटेका बिराजले अन्तत माफी मागे



चलचित्रको विषयमा विवाद भएपछि निमार्ण नियन्त्रक शंकर पाण्डेलाई रेष्टुरेन्टमै हातपात गरेका अभिनेता विराज भट्टले अन्तत माफी मागेका छन् । भट्टले प्राविधिक संघले बोलाएको मंगलबारको बैठकमा आफूले हात हाल्नु गल्ती भएको भन्दै माफी मागेका हुन् ।

अभिनेता र प्राविधिकबीच भएको विवाद मिलाउन प्राविधिकहरुबाटै चर्को दवाब आएपछि संघका अध्यक्ष पुस्कर लामाले दुवै पक्षलाई आजै दिउँसो बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा भट्टले गल्ती महसुस गर्दै माफी समेत मागेको संघका अध्यक्ष पुस्कर लामाले बताए ।

भट्ट र पाण्डेबीच फिल्म ‘साङ्लो’को विषयमा विवाद भएको थियो । उक्त विवादमा दुबैले हात हालाहाल गरेका थिए । सो विवाद आफ्नो रोहबरमा ट्ङ्ग्याएको लामाले खुलाए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार १२:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।