कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कि बजारमा ट्रकको ठक्करबाट १९ वर्षीया युवती सुनिता रावलको मृत्यु भएपछि स्थानीयले चर्को प्रदर्शन गरेका छन् ।
स्थिति निकै तनावग्रस्त भएपछि प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ । स्थानीयले प्रहरीमाथि ढुंगमामुडा प्रहार गरेर घाइते बनाएका छन् । उता प्रहरीको बल प्रयोगबाट केही सर्वसाधारणसमेत घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी एवं सशस्त्र प्रहरीबलसमेत खटिएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा १९ वर्षीया सुनिता रावलको मृत्यु भएको हो ।मंगलबार कलेजबाट पढाई सकेर घर फर्कदै गरेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मृत्यु भएपछि स्थानीयहरुले ट्रकमा तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् । स्थिति अहिले पनि तनावपुर्ण नै रहेको छ ।
















प्रतिक्रिया