बैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम र बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल विच एकिकरण हुने लगभग निश्चित भए सँग नेपाली राजनितिमा त्यसले नयाँ तरंग सिर्जना गरेको छ । प्रतिनिधि सभामा जम्मा एक सिटको प्रतिनिधित्व गर्ने बावराम भट्राईको नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता समेत प्राप्त गर्न सकेको छैन ।उनि स्वतन्त्र हैसियतमा रहेका छन।
केपी ओली नेतृत्वको बर्तमान सरकारमा उप प्रधानमन्त्री सहितको २ मन्त्रालय लिएर सत्ताको स्वाद चाखिरहेको उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम विच एकता भएपघि वर्तमान राजनितिक शक्ति सन्तुलनमा यसले कस्तो असर पार्न सक्छ भन्ने विश्लेषण सुरु भएको छ ।
विश्वस्त स्रोतका अनुसार अहिलेलाई बावुराम र उपेन्द्र दुवैलाई अध्यक्ष बनाएर जाने जसमा बावुरामलाई बरिष्ठ र उपेन्द्रलाई कार्यकारी अध्ृयक्ष बनाउँने गरि दुई पार्टी विच सहमती भएको बुझिएको छ। स्रोतका अनुसार दुई पार्टी विच एकिकरण भए पश्चात फोरम सरकार बाट बाहिरिएर राजपा सहितको नयाँ एकिकृत पार्टी विच एकताको पहल गरिने छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले तराइमा आफ्नो गतिविधी बढाउँदै लगेपछि फोरम र राजपा दुवै लाई आफ्नो शक्ति जोगाउँन दवाव परेको छ । विश्वस्त स्रोतले दिएको जानकारी अनुसार तत्कालै राजपा र फोरम विच एकिकरणको प्रयास भएपनी सम्भव नभएकाले बावुराम सहितको पार्टी एकताका लगी डिजाइन भएको छ ।
३ वटा पार्टी एक भैसके पछि सत्तारुढ नेकपाको असन्तुष्ट समुह भिम रावल या बामदेव गौतमलाई फुटाएर काग्रेस सँग मिलि बावुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार बनाउँने र केपी ओलीलाई देखाइदिने योजना अनुरप फोरम र नयाँ शक्ति एकताको तुरुप बाहिर आएको चर्चा चलेको छ ।















प्रतिक्रिया