सरकारमा दोस्रो बरियता सहित उप प्रधान तथा रक्षा मन्त्रीको भुमिकामा रहेका इश्वर पोखरेल हचुवाका भरमा मन्तव्य दिँदै हिँडेपछि सरकारलाई अप्ठेरो परेको छ ।
केहि समय अगाडि निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको र केहि दिनमै सार्वजिनिक गर्ने भनेर अभिव्यक्ति दिएका भए पनि रक्षामन्त्री जस्तो जिम्मेवार मन्त्रीले सार्वजनिक अभिव्यक्ती गरेको कुरा किन अहिले सम्म पनि निर्मलाका हत्यारा पत्ता लागेन प्रश्न उठेको छ ।
हचुवा अभिव्यक्ती दिने क्रमलाई निरन्तरता दिँदै पोखरेलले हिजो महोत्तरी पुगेर बृद्धभत्ता ५ हजार पुर्याइने घोषणा गरे । बजेट निर्माणको क्रम अन्तिम चरणमा पुगेको छ । तर सरकारका जिम्मेवार मन्त्रीनै यसमा हचुवा मन्तव्य दिँदै हिँडेका छन् । अर्थविदहरुका अनुसार बजेट निर्माणको अन्तिम अवस्थामा यसरी जनतालाई आश्वासन बाँढ्दै हिडुनु नैतिक रुपमा नसुँहाउँने विषय हो ।
त्यसमाथी विभागीय जिम्मेवारी पाएका युवराज खतिवडा यस विषयमा मौन छन् तर रक्षामन्त्री लाई असम्बन्धीत कार्यक्रममा पुगेर उक्त घोषणा गर्न हतार किन गर्नु पर्यौ अर्को सोचनिय विषय रहेको छ ।सरकार गठन हुने बेलामानै अर्थ मन्त्रीको सपथ खान भनेर कसिएर गएका पोखरेलाई रक्षामा झारीए पछि नै उनि असन्तुष्ट रहँदै आएको चर्चा छ ।
पार्टी एकिकरणका बेलामा पनि लय समाउँन नसकेको भन्दै बाहलवाला महासचि पद खोसेर केपी ओली र प्रचण्डले विष्णु पौडेललाई महासचिव बनाएका थिए । तत्कालिन एमाले र माओवादी केन्द्र विच एकिकरणको प्रयास चलिरहँदा पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनु पर्छ भन्नै अभिव्यक्ती दिए देखीे पोखरेलको खराव दिन सुरु भएको चर्चा छ । कतिपयले पोखरेलले जानीजानी नै सरकारलाई अप्ठ्यारो पार्ने गरि बोल्दै हिँडेको पनि आकलन गरेका छन् ।
















प्रतिक्रिया