बंगालको खाडीको मध्य पश्चिमी भेगमा विकसित भएको चक्रवात शक्तिशाली ‘फानी’को प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्न सुरु गरेको छ ।
सोही प्रभावले आज शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।
बंगालको खाडीमा उठेको तूफान फोनीले प्रचण्ड रूपले ओडिशाको तटसम्म आएको छ । विहान करिब आठ बजे उडिसाको पुरै तटबाट उठेको छ । ओडिशामा यस समय भीषण वर्षा समेत भइरहेको छ। यसले कति धेरै नोक्सानी पुर्याएको छ भन्ने बारेमा भने अहिलेसम्म पनि कुनै अपडेट आएको छैन । फोनीलाई मद्देनजर गर्दै करिब १० लाख मानिसहरुलाई सुरक्षित स्थानमा पुर्याइएको छ ।
आईएमडी हैदराबादका अनुसार ओडिशाको २४०/२४५ किमीरघण्टाको गतिबाट हावा चलिरहेको छ । ओडिशाको तटीय इलाकामा तीब्र वर्षा भइरहेको छ । यो हावा पश्चिम बंगालको तटतर्फ बढिरहेको छ । फोनी चक्रवातका लागि केन्द्रीय गृहमन्त्रालयले हेल्पलाइन नम्बर १९३८ जारी गरेको छ ।
अहिलेसम्मकै खतरनाक फोनी तुफानले पुरै गोपालपुर र चाँदबलीका पास दिएको पहिलो दस्तक, यस दौरान १७० देखि १८० देखि लिएर गएर २२५ किमी प्रतिघण्टा सम्म चलिरहेको छ ।

















प्रतिक्रिया