Logo

प्रमुख समाचार

प्रेस र संचारका सम्बन्धमा अहिलेको सरकार राजा महेन्द्र भन्दा निरंकुश : डा. शेखर कोइराला



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रभाबशाली नेता तथा केद्रिय सदस्य डा. शेखर कोइरालाले साईबर क्राईम सम्बन्धी कानुनको दुरुपयोग गरेर सरकारले पत्रकारहरुलाई तर्साउन खोजेको बताएका छन्। कोइरालाले संचार सम्बन्धी कानुन निर्माणमा सरोकारवालाहरुसंग छलफल नै नगरेर प्रेस जगतलाई अपमान गरेको बताए।

नेपाल प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनको बनेपामा उदघाटन् गर्दै कोइरालाले भने अदालतले रिहाई गर्छ, अदालत परिसरमै उक्त पत्रकारलाई पक्राउ गरिन्छ। यो भन्दा निरंकुशता के हुन्छ ?

प्रेस र संचारका सम्बन्धमा अहिलेको सरकार राजा महेन्द्र भन्दा निरंकुश देखिएको बताउदै प्रेसले स्वतन्त्ररुपले काम गर्न नपाए समग्र राजनितीक प्रक्रियानै कमजोर हुने धारणा राखे।

बिश्वका अधिनायकबादीहरुले आफ्नो आलोचना गर्ने संचार माध्यमलाई फेक मिडीयाको आरोप लगाउदै आएको उदाहरण प्रस्तुत गदै डा. कोइरालाले अहिलेको सरकार पनी त्यही बाटोमा लागेको बताए।

पछिल्ला दिनमा राजनितीक दलहरु र मिडीयाहरुले बिश्वसनियता गुमाएको बताउदै कोइरालाले संचारकर्मीहरुलाई जिम्मेवार बन्न आग्रह समेत गरेका छन्।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य शिब हुमागॉई, काभ्रे कांग्रेसका सभापती मधु आचार्य, पुर्वराज्यमन्त्री कंचनचन्द्र बादे, पुर्व सांसद डा. शोभाकर पराजुली लगायतले आ-आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।