Logo

प्रमुख समाचार

आगामी आर्थिक बर्ष इतिहासकै तीव्र विकासको बर्ष : राष्ट्रपति



राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सम्बोधनको लागि संसद् भवन नयाँ वानेश्वर पुगेकी छिन्। संसद्को बजेट अधिवेशन पछिको दोस्रो दिन बसेको बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गरिरहेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक बर्ष नेपालको इतिहासकै तीव्र विकासको बर्ष हुने बताएकी छन् । सरकारका तर्फबाट संघीय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् । उनले समृद्धिका लागि गत बर्ष उपलव्धि र उत्साहवद्र्धक रहेको भन्दै पहिलो बर्ष सुशासन र सम्बृद्धिको आधार तय भएको बताइन् ।

नीति तथा कार्यक्रममा अव सरकार सवैसँग सहकार्य गर्दै सवै क्षेत्रहरुमा उत्कृष्ट उपलव्धि हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख छ । त्यस्तै नीति तथा कार्यक्रममा सरकारले लिएको राष्ट्रिय अभियानमा सवै राजनीतिक दल र सरोकारवालाहरुको साथ, सहयोग र सहकार्यका लागि आह्वान गरेको छ ।

यस्ता छन् नीति तथा कार्यक्रमका प्राथमिकता

–समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय आकाँक्षा पुरा गर्नेतर्फ केन्द्रीत छन् ।

–नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, उद्यमशील असमनाता न्युनिकरण, शान्ति सद्भाव र दिगो विकासलाई प्राथमिकता ,गणतन्त्रको सवैलाई प्रत्याभूत गराउने ।
–संघ प्रदेश र स्थानीय तहलाई समन्वय गर्ने ।

-साझा अधिकारहरुमा स्पष्टता ल्याएर व्यवस्थित गर्ने ।

–प्रशासनिक संरचनालाई कार्यमुलक बनाउन आवाश्यक जनशक्ति परिचालन गर्ने ।

–आम नागरिकको देशप्रतिको अपनत्व, प्रदेश र स्थानीय तहमा विशिष्ट पहिचान गर्ने नीति ल्याइने ।

–आगामी आर्थिक बर्षलाई विरुवा रोपण बर्ष घोषणा गर्ने ।

–सहकारी क्षेत्रको नेतृत्वमा कृषि उत्पादन तथा बजारीकरण

–पोखरीको पानी प्रयोग गरी थोपा सिंचाई

–वैज्ञानिक सुधारका माध्यमबाट भूमि व्यवस्थाका समस्या समाधान, भूमि वर्गिकरण गरिनेछ ।

–भूउपयोग आधारमा मात्र प्रयोग गर्ने व्यवस्था

–चुरे तथा भित्रि मधेसमा आर्थिक औधोगिक करिडोर बनाउन झापादेखि डडेलधुरा सम्मक पुष्पलाल मार्गलाई प्राथमिकता

–पूर्व पश्चिम रेलमार्गको चार वर्षभित्र विस्तार । ७७ वटै जिल्लामा राष्ट्रिय सडक सञ्जालले जोड्ने ।

-सडक सुरक्षा पर्खाल सुरक्षा, सबै सडक दुई लेनका हुनेछन् ।

–रसुवागढी रेलमार्ग २ बर्षभित्र सुरु गरिनेछ ।

–जयनगर विजलपुरा भारत विराटनगर रेल सेवा सुरु गर्ने ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।