सरकारले सामाजिक सुरक्षा भत्ता रकम वृद्धि गर्ने भएको छ ।संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने जानकारी गराइन् ।
गत वर्ष भत्ता बढेको थिएन । वृद्धभत्ता बढाएर मासिक पाँच हजार पुर्याउने चुनावका बेला भने पनि सरकारले गत वर्ष बढाएको थिएन ।
सरकारले ५ लाखलाई रोजगारी दिने
सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ ।संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी सृजना गर्ने घोषणा गरेकी हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी थप रोजगारी सृजना हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।सरकारले उद्यमशिलता र रोजगारी सिर्जनालाई पनि यो वर्षको नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखेको छ ।

















प्रतिक्रिया