Logo

प्रमुख समाचार

राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा प्रधानमन्त्री ओलीको आयो यस्तो प्रतिकृया



अहिले एक विषय एकदमै चर्चामा आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा पटक पटक मेरो सरकार भनेको वाक्यलाई कतिपयले राजाकै शैलीमा बोलेको भन्दै आलोचना गरेका छन् ।

भण्डारीको तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज बालुवाटारमा भएको साक्षात्कारमा मेरो सरकार भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र रु राष्ट्रपति देशको अभिभावक हो । राष्ट्रप्रमुख पनि हो । संस्था हो ।’ मेरो सरकार भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्न आवश्यक भएको तर्फ उनले संकेत गरेका छन्।

उनले भने, ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन । राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो ।’ भारतमै मेरो सरकार भन्ने प्रचलन रहेको भन्दै विश्वका धेरै देशहरुमा यस्तो अभ्यास रहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ०७:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।