Logo

प्रमुख समाचार

डोटीमा बाख्राको काँचो मासु खाँदा एकै गाउँका १६ जना अस्पतालमा भर्ना



आदर्श गाउँपालिका–१ मेलगडा गाउँमा बाख्राको काँचो मासु खाँदा एकै गाउँका १६ जना बिरामी परेका छन् । शनिबार दिउँसो गाउँमा काटेको बाख्राको मासु खाँदा माहामारीको रुप लिएको हो ।

बिरामी सबैलाई शनिबार बेलुका दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका लागि ल्याइएको हो । बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

बिरामी हुनेमा सत्ति देवी खड्का (४०), उनकी छोरी पार्वती खडका (१४) कल्पना खड्का (११), प्रेम खडका २७, उनकी श्रीमती ईसरा देवी खडका (२४) र छोरी उर्मिला खड्का (३) रहेका छन् ।

त्यसैगरी पदम खड्का (३८), उनका छोरा रोशन खड्का (८), छोरी एलिसा खड्का (२), नवराज खड्का (२६), सरस्वती खड्का (९), गोमा देवी खड्का (५६) रहेका छन् । त्यसैगरी मानि खड्का (३५),उनका छोरा नारद खड्का (१३) र छोरी अनिसा खड्का (१०) रहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार ०६:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।