Logo

प्रमुख समाचार

अवरोधकैबीच यसरी भयो, नीति तथा कार्यक्रम बहुमतले पारित, अर्को बैठक वैशाख २७ गते ११ बजे बस्ने



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुदपनि नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ ।सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि ल्याएको नीति तथा कार्यक्रम मंगलबार प्रतिनिधिसभाको बैठकमा बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिए । नीति तथा कार्यक्रम पारित भएपछि संसद बैठक ३ दिनका लागि स्थगित गरिएको छ । अब संसद बैठक वैशाख २७ गते ११ बजे बस्नेछ ।

 

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार ११:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।