Logo

समाचार

सरकारी जग्गा व्यक्तिले नामासारी गरेको ३० वर्ष पछि फिर्ता



प्रदेश २ को राजधानी जनकपुरस्थित ३० वर्ष अगाडी एक राइस मिलले आफ्नो नाममा बनाएको जग्गा पुन सरकारको नाममा फिर्ता ल्याइएको छ ।
जनकपुरस्थित रेलवे विभागको नाममा रहेको आठ कठ्ठा १० धुर जग्गा ३० वर्षपछि सरकारले फिर्ता ल्याइएको हो ।
वि. सं. २०४५ सालतिर रेलवेको आठ कठ्ठा १० धुर जग्गा जानकी राइस एण्ड आयल मिलले गलत नापी गराएर आफ्नो नाममा लिएको थियो । यो जग्गा रेलवे विभागको नाममा फिर्ता ल्याइएको जिल्ला मालपोत कार्यालय धनुषाका प्रमुख रामबाबु मण्डलले बताए ।

मण्डलका अनुसार जनकपुरधाम उपमहानगरपालिका १ स्थित मिल्स एरियामा रहेको आठ कठ्ठा १० धुर जग्गा रेलवे विभागको नाममा फिर्ता भएको हो ।सिट नं. १३५६(१३ कित्ता नं. १५७ र १५८ र सोही सिटको १३५६(०८ कित्ता नं. ३४७ र ३४८ गरी कूल दुई हजार ८८०.५६ वर्ग मिटर जग्गा रेल विभागको नाममा फिर्ता छ ।२०४५ सालको शहरी क्षेत्र नापी क्याम्पबाट नापी हुँदा सोही कित्ताको उत्तर तर्फको कित्ता नं. १७ को १२ कठ्ठा जग्गा जानकी राइस एण्ड आयल मिलले आफ्नो जग्गामा घुसाई नापी गराएको थियो । उक्त मिल्सको नाममा अस्थायी दर्ता गर्ने गरी गरेको निर्णय गैरकानूनी रहेको भन्दै रेल विभागले कानूनी प्रक्रिया अगाडि बढाएको थियो ।

विक्रम सम्वत् १९९४ को मास्टर प्लानमा रेलवेको नाममा दर्ता भएको जग्गा मिलको नाममा दर्ता भएपछि विभागले जिल्ला अदालतमा मुद्दा दायर र्गयो । जिल्लाले रेल्वे विभागको पक्षमा निर्णय दियो । लगत्तै मिलका सञ्चालकहरू सर्वोच्चमा मुद्दा हाले ।
मुद्दा विचाराधीन रहेकै अवस्थामा रहँदा मालपोत कार्यालयले मिलको नाममा दर्ता र्गयो । तर, १० असोज २०६२ मा सर्वाेच्चले रेलवेकै नाममा जग्गा ठहरिने फैसला र्गयो ।

सर्वोच्चले आदेश कार्यान्वयन भएन । रेल्वे विभागले पुनः २०६८ सालमा जिल्ला अदालत गुहारेको थियो तर, विभाष्का अधिकारीहरूले चासो दिन छाडेपछि मुद्दा तामेलीमा गएको थियो । तर अहिले जग्गा रेल्वेको नाममा फिर्ता भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ०७:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।