प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापति एबम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संसदीय इतिहाँसमा कृष्णबहादुर महरा काँतर सभामुख भएको बताएका छन् ।
जागरण अभियानको कार्यक्रमका क्रममा बुधबार राष्ट्रिय सभाको कार्यक्रममा देउवाले भने,‘ मंगलबार (हिजो) हामीले प्रधानमन्त्रीको भाषा राम्रो भएन भनेर विरोध गर्दै डिलिट गर्न अनुरोध गरेका थियौं तर नेपालको इतिहाँसमा महरा डरपोक र काँतर सभामुख भएर निस्किएँ, डिलिट भएन ।’
सरकारको आलोचना गरेका उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै राष्ट्रपति विद्या भण्डारीले बेलायतको महारानीको शैलीमा सम्बोधन गरेको उल्लेख गर्दै भने,‘सभामुख पनि निरिह देखिए, यहि हो कम्युनिस्ट शासन भनेको, कम्युनिस्टको शासन आयो भने यस्तै हुन्छ भनेको हो ।’
सरकारले हरेक ठाउँमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकार एकतन्त्र र तानाशाही बन्न थालेको आरोप लगाए ।
यो पनि पढ्नुहोस्
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान आज सुरु भएको छ । महासमिति बैठकले पारित गरेको नीति कार्यक्रम तथा संशोधित विधान बारे पार्टीको स्थानीय तहसम्मलाई जानकारी दिने उद्देश्य सहित अभियान सुरु गरीएको कांग्रेसले जनाएका छ ।
कार्यक्रमको उद्घाटन वरपिपल र स्वमीमध्ये कुनै एक विरुवा रोपेर गरीएको छ। जागरण अभियानका काँग्रेसले १२ भाषामा रहेको गीत प्रस्तुत गरेको छ ।
हिमाल पहाड तराई मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान नामको जागरण अभियान ३ चरणको हुनेछ । काठमाण्डौंको राष्ट्रिय सभागृहमा मध्यान्ह पछि आयोजना हुने एक कार्यक्रम बीच सभापति शेरबहादुर देउवाले अभियानको सुरुवात गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका थिए ।
काठमाण्डौं उपत्यकाका बाहिरका ७४ जिल्लामा आजै अभियानको सुरुवात हुने प्रवक्ता शर्माको भनाई छ । जागरण अभियानका क्रममा कांग्रेस पार्टी पक्तिको नवीन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरीका साथै पार्टी सुदृढीकरणका गतिविधि बढाउने कांग्रेसले जनाएको छ ।
त्यस्तै, कांग्रेसको नेतृत्वमा विगतमा हासिल गरेको राजनीतिक उपलब्धी तथा समृद्धिको दिशामा गरिएका कामको पनि अभियान मार्फत जानकारी गराउने तयारी गरेको छ ।
पार्टी नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट राख्दै जनसंवाद मार्फत जनताका मुद्दामा पार्टीलाई अघि बढाउन अभियानले सकारात्मक भुमिका खेल्ने पार्टी प्रवक्ता शर्माले उल्लेख गरे । अभियानमातर्फ कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेका जनविरोधी क्रियाकलापबारे पनि जनस्तरमा प्रष्ट्याउने बताएको छ ।
आजबाट सुरु भएको पहिलो चरणको अभियान जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ । अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन पनि गरिएको जनाएको छ ।
दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसचूी सार्वजनिक गरेको छ । पहिलो चरणअन्तर्गत ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ ।
त्यसका लागि काँग्रेसले प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । साथै पार्टीका शीर्ष नेताले सात वटै प्रदेशबाट अभियानको आरम्भ गर्ने काँग्रेसले जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का र कोषा अध्यक्ष सीतादेवी यादवलाई सात प्रदेशमा हुने कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा खटिएका छन् ।
सभापति देउवा प्रदेश नम्बर ३, वरिष्ठ नेता पौडेल प्रदेश नम्बर २, उपसभापति विमलेन्द्र निधि सुदूरपश्चिम प्रदेश, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १, महामन्त्री सशांक कोइराला प्रदेश नम्बर ५, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी प्रदेश र कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशमा खटिएका छन् ।















प्रतिक्रिया