Logo

समाचार

धुर्मुस सुन्तलीलाई ७५ हजार आर्थिक सहयोग



धुर्मुस सुन्तली फाउण्डेसनलाई प्रेसिडेण्ट ग्रुप अफ होटेल प्रालिले ७५ हजार को चेक हस्तान्तरण गरेको छ ।

प्रेसिडेण्ट सेकुवाको ९औँ शाखा काठमाडौंको महाराजगञ्जमा उदघाटन कार्यक्रममा सो ग्रुपले ७५ हजार रुपियाँ सहयोग गरेको हो । उक्त समूहले सीताराम कट्टेल ‘धुर्मुस’लाई चेक हस्तान्तरण गरेको हो । प्रेसिडेण्ट गु्रपका अध्यक्ष शंकर भण्डारीले धुर्मुसलाई चेक हस्तान्तरण गरेका हुन् ।

चितवनको भरतपुरमा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै छ । अध्यक्ष भण्डारीले सोही अभियानलाई साथ दिन ७५ हजार रुपियाँ सहयोग गरिएको बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।