गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विश्व रेडक्रस दिवसको अवसर पारेर विद्यालयमा एक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयमा गठित नेपाल युवा रेडक्रस सर्कल, सिद्धबाबा मा.वि.तम्घासले विश्व रेडक्रस दिवसको अवसर पारेर ‘जहाँ विपद, त्यहाँ रेडक्रस’ भन्ने विषयमा अन्तरसदनात्मक चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा विहानको प्रार्थनापश्चात, रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको तस्विरमा तम्घास उपशाखाका सह–सचिव निर्मला अर्याल, सदस्य शान्ति नेपाली, युवा रेडक्रस सर्कल सिद्धबाबाका सल्लाहकार तथा सहायक प्रधानाध्यापक युवराज अर्याल, शिक्षक नायक टीका खड्का, सहयोगी शिक्षक नायक केशर के.सी., शिक्षक हरि ज्ञवाली साथै सर्कलका अध्यक्ष नविन लम्साल लगायतका पदाधिकारीहरुले अविर तथा माल्यार्पण गर्नुका साथै शिक्षक नायक खड्काले रेडक्रस तथा दिवसको महत्वबारे जानकारी गराउनु भएको थियो ।
सर्कलका पदाधिकारीहरुको सक्रियतामा विद्यालयहाता तथा विद्यालयवरिपरिको समुदायमा सरसफाई समेत गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा विश्व रेडक्रस दिवसको अवसरमा ‘जहाँ विपद, त्यहाँ रेडक्रस’ भन्ने विषयमा अन्तरसदनात्मक चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । त्यस्तै रेडक्रस परिचयात्मक कार्यक्रमको आयोजना शिक्षक नायक टीका खड्का र सहयोगी शिक्षक नायक केशर के.सी.ले सर्कलका पदाधिकारीहरुलाई रेडक्रसको परिचय, स्थापनाको इतिहास, कार्यक्षेत्र र व्यापकताबारे अवगत गराउनु भएको थियो ।




















प्रतिक्रिया