प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)का पूर्व अध्यक्ष नैनसिंह महरले नेपालका कम्युनिष्टहरु तत्कालिन राजा महेन्द्रको उत्पादन भएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जय नेपाल शब्द राजा महेन्द्रले कु गर्दा भनेको शब्द कांग्रेसले प्रयोग गरेको हो भन्ने अभिव्यक्तीको खण्डन नेता महरले गरेका हुन् ।
“महेन्द्र होइन उनका पिता त्रिभुवनलाई नै राजाको कुर्सीमा पुनर्स्थापित गरिदिएको हो कांग्रेसले ००७ सालमा । विचरा महेन्द्र त निक्कै पछि राजा भएका हुन् ।
नेता महरले शुक्रबार आफ्नो फेसबुक स्टाटसमा लेखेका छन, १९९७ मा राणा शासनमा शहिद बनाइएको अन्तिम बेलामा महान् शहिदहरूले प्राण त्याग्दै गर्दा भनेको जय नेपाल शब्द कांग्रेसले आफ्नो स्थापनादेखि प्रयोग गर्दै आएको तथ्य महेन्द्रको कोखबाट हुर्किएको विशेषतः प्रजातन्त्रको वैरी निरंकुश शासन कालका मण्डले मन्त्री खड्ग वहादुरसिंह द्वारा उद्घाटित अनेरास्वियु (अखिल) का उत्पादन नेपालको एकखाले कम्युनिष्ट आन्दोलनका विद्यार्थीहरूलाई के थाहा ।”
“विचरा तिनलाई लाग्छ नेपालको इतिहासनै महेन्द्रबाट शुरू भएको हो । नेता महरले अगाडी लेखेका छन्, कुरा त सर्वविदित छः बहुदल र निर्दल वीचको जनमत संग्रहमा पनि त पन्चायतको हात वलियो पार्न ,निर्दल जीताउन सकृय भएकै हुन ।”
बिहिबार मन्त्रीपरिषद्का पछिल्ला निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता बास्कोटा कांग्रेसमाथि खनिएका थिए ।
















प्रतिक्रिया