प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिब भूपेन्द्र जंग शाहिले सरकारका प्रबक्ता गोकुल प्रसाद बासकोटाले जय नेपालको शब्दको प्रयोगको बिषयमा दिएको अभिब्यक्ती प्रति कडा प्रतिबाद गरेका छन् । र भनेका छन् गोकुल बास्कोटा मन्त्री हुन कि गोरु हुन ?, नेपालको जय भन्दा पनि आपत्ति जनाउने, भनेर प्रश्न समेत गरेका छन् ।
सरकारप्रति निकै खरो रुपमा प्रस्तुत भएका शाहिले भने सरकारका प्रवक्ता सुचना तथा सञ्चारमन्त्रीले जय नेपाल तत्कालिन राजा महेन्द्रले भन्न सुरु गरेको भन्ने भनाई प्रति हल्ला टिप्पणी नगर्न चेतावनी समेत दिए।
उनले भने (‘यो जय नेपाल सहिद शुक्रराज शास्त्रीले सुरुवाद गरेका हुन् फासी दिदा अन्तिम इच्छा के छ भनेर सोध्दा उनले जय नेपाल भनेका थिए यही जय नेपालको बलले राणाको सातो लियो, राजाको सातो लग्यो अव कम्युनिष्टको सातो लैजान्छ) ।’
यो पनी पढ्नुहोस !
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मेरो सरकार भन्ने छुट नेपालको संविधानले कसैलाई पनि नदिएको बताएका छन् ।
नेपाली कांग्रेस बुटवलको नगर सम्मेलनको उदघाटन कार्यक्रमलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले नेपालको संविधानले संघीय सरकारलाई नेपाल सरकार भनेर स्पष्ट उल्लेख गरेको बताएका हुन् ।
सरकारप्रति निकै खरो रुपमा प्रस्तुत भएका खाँणले भने (‘नेपालको संविधानले मेरो सरकार , तेरो सरकार चिन्दैन व्यक्तिगत रुपमा राष्टपति प्रधानमन्त्रिले मेरो सरकार, राजा बाबु जे जे भन्नु होला तर संविधानको उल्लघन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जस्तो औपचारिक कार्यक्रममा त्यस्तो बोल्न पाउनुहन्न ।’उनले संविधानको संरक्षण गर्ने दायित्व राष्टपतिको भएको पनि बताए।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रमुख सचेतक खाँणले सरकारका प्रवक्ता सुचना तथा सञ्चारमन्त्रीले जय नेपाल तत्कालिन राजा महेन्द्रले भन्न सुरु गरेको भन्ने भनाई प्रति हल्ला टिप्पणी नगर्न चेतावनी दिए।
उनले भने(‘यो जय नेपाल सहिद शुक्रराज शास्त्रीले सुरुवाद गर्नुभएको हो फासी दिदा अन्तिम इच्छा के छ भनेर सोध्दा उहाँले जय नेपाल भन्नुभएको थियो यही जय नेपालको बलले राणाको सातो लियो , राजाको सातो लग्यो अव कम्युनिष्टको सातो लैजान्छ ।’
उनले अहिले संविधान र राष्टियता प्रति प्रधानमन्त्री केपी ओलीबाटै बढी खतरा भएको समेत आरोप लगाए।प्रमुख सचेतक खाँणले महत्वाकांक्षी, अस्पष्ट, अमूर्त र कामभन्दा प्रचार र प्रोपोगण्डामा केन्द्रित भएर भाषण र सतहीरूपमा नीति तथा कार्यक्रम आएको समेत बताएका हुन् ।















प्रतिक्रिया