Logo

अन्तर्राष्ट्रिय

मेकअपमा मासिक १ करोड २८ लाख मोदीको खर्च !



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा बताइए अनुसार मोदीको मेकअपमा हरेक महिना ८० लाख भारतीय रुपैयाँ९१ करोड २८ लाख नेपाली रुपैयाँ० खर्च हुने दाबी गरिएको छ ।

करीब ४५ सेकेन्डको यो भाइरल भिडियोमा केही व्यूटिसियन तथा स्टाइलिस्ट पीएम नरेन्द्र मोदीको यता उती देखाइएको छ । फेसबुक र ट्वीटरमा यो भिडियो हजारौं पटक हेरिएको थियो र सयौं मानिसले यसलाई सेयर गरेका थिए ।

अधिकांश मानिसले सामाजिक सञ्जालमा यो भिडियोका साथ लेखेका छन्,‘यी हुन् गरीबका छोरा, मेकअप गराइरहेका छन् । आरटीआइको माध्यमबाट खुलासा गरिएको छ कि यो श्रृंगारका लागि ब्यूटीशियनलाई प्रतिमहिना ८० लाख रुपैयाँ तिर्छन् ।’

गुरुग्राम कांग्रेसको आधिकारिक फेसबुक पेजमा पनि यो भिडियो यसै दाबीका साथ पोस्ट गरेको छ जसलाई करीब ९५ हजार पटक हेरिएको छ ।

तर बीबीसी हिन्दीले गरेको अनुसन्धानमा भने यो भिडियो सही भएपनि यसलाई गलत सन्दर्भमा प्रयोग गरिएको पत्ता लागेको छ । साथसाथ भाइरल भिडियोमा प्रधानमन्त्री मोदीका साथ देखिएका युवती उनका निजी मेकअप आर्टिस्ट होइनन् ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार १३:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।