प्रधानमन्त्री केपी शर्मा ओलीका आसेपासेहरुले विभिन्न कारण देखाई मन्त्रीहरुलाई धम्क्याउने गरेका छन् ।ओलीका सचिवालयमा बस्नेहरुले आफ्नो काम गराउन मन्त्रीका विरुद्धमा बोल्ने गरेका छन् । मन्त्रीसँग काम लिनुपरे उनीहरुले ‘प्रधानमन्त्रीज्यूले तपाइलाई राम्रो मानिरहनुभएको छैन, रिपोर्ट राम्रो छैन’ भन्ने गरेका छन् ।
यतिबेला नै मन्त्री हटाउने हल्ला फिँजाइदिन्छन् उनीहरु । मन्त्रीले प्रधानमन्त्रीसँग भेट्ने र गफ गर्ने मोकासमेत कहिल्यै पाउँदैनन् त्यसैले मन्त्री पनि जागिर जाला कि भनेर ओलीका आसेपासेको काम गरिदिने गरेका छन् ।
पाइरहेको मन्त्रीको जागिर खुस्किने भएपछि बैध -अवैध काम गर्न पनि मन्त्री बाध्य हुने गरेका छन् । ओलीलाई बुबा भन्नेको संख्या लामै छ, ती सबैले ओलीको नाम भजाएर खाने गरेका छन् । मन्त्रीले काम गरिदिएपछि त्यो मन्त्री हटाउने हल्ला साम्य हुने गरेको छ ।

















प्रतिक्रिया