कैलालीमा मंगलबार विहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–१ लम्कीपुलमा मंगलबार बिहान ७ बजे से १ त १११६ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–५ पथरैयाका ३५ वर्षीय धनबहादुर चौधरी रहेका छन ।
ईट्टा बोकेर नारायणपुरतर्फ गइरहेको ट्याक्टर लम्कीपुलबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटना के कति कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया