आर्थिक वर्ष २०७५-०७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५र७६ को आर्थिक सर्वेक्षण आजको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक गर्नु भएको हो । सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार २ सय १८ उद्योगमा ११ अर्ब लगानी गरिएको छ ।
आठ महिनाको तथ्याङ्कमा आधारित आर्थिक सर्वेक्षण अनुसार फागुनसम्ममा १ सय १८ उद्योगमा ११ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यसबाट करिब ८ हजारले रोजगारी पाउनेछन् । अर्थमन्त्री खतिवडाले ‘आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म २१८ उद्योगहरुमा ११ अर्व लगानी प्रतिबद्धता भई थप ७ हजार ९ सय ५३ रोजगारी सिर्जना हुने अनुमान रहेको जानकारी दिनु भयो ।
यस्तै अर्थमन्त्री खतिवडाले पुँजीगत खर्चमा सुधार हुन नसकेको बताए । उहाले कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिले बचत क्षमतामा समेत वृद्धि भएको जानकारी दिनु भयो । बीमामा ठूलो सुधार भएर १८ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेको बताउदै मन्त्री खतिवडाले आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको उल्लेख गर्नुभयो ।





















प्रतिक्रिया