सरकारले सिँचाई क्षेत्रमा २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
रानी जमरा, भेरी–बबई साईभर्सन अघि बढने २ अर्ब ५ करोड बजेट विनियोजन भएको छ ।
मधेशमा सिंचाईको लागि ९६ करोड रुपैयाँ विनियोजन भएको छ ।
सामुदायिक विद्यालयका सबै छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गरीने
देशभरका सामुदायिक विद्यालयका सबै छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरणको गर्ने भएको छ। आगामी आर्थिक वर्षको वजेट प्रतुस्त गर्दै अर्थ मन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष पछि देश भरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको लागि निस्शुल्क सेनेटरी वितरण गरिने बताएका हुन्।
यस्तै सरकारले चिनौँ आफ्नै माटो बनाउने आफ्न देश नाराका साथ प्राविधिक शिक्षाको लागि एक अर्व ५० कोरोड विनियोजन गरेको छ। मातृ भाषा शिक्षा मदरसा र गुरुकुल शिक्षा तथा गुम्बा शिक्षाको बिकासको लागि समेत सरकारले बजेट छुट्याएको छ। १९६५ हजार छात्रा र ६३ हजार अपांगता भएकालाई स्वेच्छिक रुपमा शिक्षण स्वयम सेवकका लागि एक अर्ब छुट्याएको छ।
रंगीन पाठ्यपुस्तकका लागि २ अर्ब २१ करोड , सामुदायिक विद्यालयमा नवीन प्रविधिको प्रयोग विद्यालय छाड्ने दरमा कम गर्न ४३ विद्यालयका ९ लाख सहित २२ लाखलाई दिवा खाजा खर्च ५ अर्ब यस्तै ८३ हजार युवालाई सीपमुलक तालिमका लागि १ अर्ब बिनियोजनबहुप्राविधिक शिक्षालय उच्च शिक्षाको सुधार र विकासका लागि १७ करोड छुट्याइएको छ।





















प्रतिक्रिया