Logo

अर्थ

उर्जा क्षेत्रलाई ८३ अर्ब बजेट, बुढीगण्डकीलाई मात्रै १३ अर्ब



बुढीगण्डकी जलविद्युत आयोजनालाई १३ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै बुढीगण्डकीलाई छुट्याइएको जानकारी दिए ।यसअघि सरकारले बुढीगण्डकी आयोजना बनाउनका लागि पुट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लिँदै आएको थियो ।
उर्जा क्षेत्रमा कूल ८३ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

सबै नेपालीको घरमा आधुनिक उर्जा पुर्रयाउने, उर्जा नपुगेका कर्णली र सुदुरपश्चिम प्रदेशलाई पूर्णअध्यरो मुक्त प्रदेश बनाउने योजना रहेको अर्थमन्त्रीले जानकारी दिए ।
आगामी आर्थिक वर्षमा १००० मेगावाट बिजुली थपिने अर्थमन्त्रीले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार ११:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।