सरकारले अत्याधिक सवारीसाधनको चापले जामको समस्या विकराल हुँदै गएपछि त्यसलाई न्युनिकरण गर्न विभिन्न योजना अघि सारेको छ ।
संसदमा बजेट पेश गर्दै अर्थमन्त्री डा।युवराज खतिवडाले जाम कम गर्न विभिन्न योजना अघि सारिएको बताएका हुन ।
बजेटमा प्रस्तुत योजाहरुमा तिनकुने–कोटेश्वर सुरुङमार्ग बन्ने छ । त्यसै गरी नयाँ बानेश्वरमा हुने अत्याधिक चापलाई मध्यनजर गरी अण्डरपास बनाउने सरकारको योजना छ । त्यसैगरी त्रिपुरेश्वरमा फ्लाई ओभर र चोभारमा सुख्खा बन्दरगाह बनाइने बजेटमा उल्लेख छ ।
काठमाडौंमा अब रात्रिकालिन सम्पदा यात्रा सुरु गरिने
काठमाडौं उपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा र संगीतको अवलोकन गर्न रात्रिकालिन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो बताएका हुन् ।
बजेटमा रात्रिकालिन काठमाडौं सम्पदा यात्रा सञ्चालन गर्ने, कीर्तिपुरस्थित जातिय संग्राहलयलाई नेपालको परम्परा, रहनसहन, भाषा र सस्कृति झल्काउने गरी राष्ट्रिय संग्राहलयका रुपमा बनाउनका लागि रकम बिनियोजन गरिएको छ ।
यस्तै औद्योगिक क्षेत्रको विकासका लागि २ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले स्वदेशी उद्योगको विकास र विस्तारका लागि झण्डै तीन अर्ब बजेट विनियोजन गरेको हो । स्वदेशी वस्तुको उत्पादन, विकास, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि बजेट ल्याइएको अर्थमन्त्री डा।युवराज खतिवडाले जानकारी दिए ।
सरकारले अन्तर्राष्ट्रिय सभा सम्मेलमा जाँदा स्वदेशी उत्पादन लैजानुपर्ने र प्रचारप्रसारमा सहयोग पुर्याउने योजना अघि सारेको छ ।
यस्तै उद्योग स्थापना र विकास गर्नका लागि विद्युत महसुलमा ५० प्रतिशत र बैंकबाट ऋण लिँदा ५ प्रतिशत छुट दिने भएको छ ।





















प्रतिक्रिया