Logo

अर्थ

बजेट माथी कमल थापाको टिप्पणीः बेरोजगारी समस्या समाधानमा दिशाहीन



राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपका अध्यक्ष कमल थापाले सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट सामान्य रहेको बताएका छन् । सरकारले हिजो (बुृधवार) सार्वजनिक गरेको बजेट माथी टिप्पणी गर्दै राप्रपा अध्यक्ष थापाले समग्रमा बजेट ,परम्परागत र वितरणमुखि रहेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै थापाले बजेट बेरोजगारी समस्या समाधानमा भने दिशाहीन रहेको उल्लेख गरेका छन् । यस्तै थापाले प्रदेश र स्थानीयतहले गर्नुपर्ने र गर्नसक्ने कार्य केन्द्रमा राख्नु बेठीक भएका र सासंद विकास कोषमा भएको रकम बृद्धि गलत भएको बताएका छन् ।

उनले बृद्धभत्ता र कर्मचारी तलब बृद्धि भने सकारात्मक रहेको टिप्पणी गर्दै शिक्षा, कृषि र स्वास्थ्यमा राम्रो प्राथमिकता रहेको उल्लेख गरेका छन् । सरकारले संघीय संसद्को संयुक्त बैठकमा बुधबार आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

ब्जेटमा सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढाएको छ । नयाँ आर्थिक वर्षको बजेटमा सुरुको तलब (व्यसिक) मा राजपत्र अनंकित २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बृद्धि गरेको छ ।

त्यस्तै सरकारले वृद्ध भत्ता ३ हजार र्पुयाएको छ । त्यस्तै अशक्त, अपाङ्गता भएका, एकल महिला, लोपोन्मुख आदिवासी र जनजाती समेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता पनि १ हजार बढाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार ००:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।