Logo

मनोरञ्जन

गलबन्दीबाट चर्चामा आएका प्रकाश सपुतलाई कडा सुझाव



प्रकाश सपुतको नयाँ लोकदोहोरी गित गलबन्धी गितले अहिले व्यापक चर्चा कमाएको छ । यत्रतत्र सर्वत्र अहिले गलबन्धीकै चर्चाले व्यापकता पाएको छ । के गाउँ के शहर के युवा के वयस्क सबैले गलबन्धी सुनेकै छन् । युटुवमा पनि नम्बर १ ट्रेन्डिङ मा एकलौटी राज गरिरहेको उक्त गितको चर्चा परिचर्चा व्यापक छ ।

वाग्लुङको सामान्य परिवारबाट मनभरी सपनाको पोको बोकेर काठमाडौँ छिरेका एक अन्जान प्रकाश आज चर्चित गायक प्रकाश सपुत बनेर चिनिएको छ । आज प्रकाशलाई चिनाउँनको लागी कसैको फुर्को जोडिरहँन जरुरी छैन ।

उनको आफ्नै दर्विलो परिचय रहेको छ । पछिल्लो समय एक पछि अर्को सफल सिर्जना पस्किरहेका प्रकाशको लोक सांगितिक क्षेत्रमा एकलौटी राज नै रहेको छ । बोल माया हुँदै गलबन्धी सम्म आइपुग्दा उनलाई एक जवर्जस्त रुपमा आफ्ना सिर्जनाले नै यस क्षेत्रमा स्थापित गराइदिएको छ ।

यहि विचमा आएका केहि व्याटल गितका कारण विवादमा परे पनि ती गितहरुलाई दर्शकले भने औधी मन पराए । बोलमाया गितले जन्माएको कथामै आधारीत भएर बनेको प्रकाशको नयाँ गित गलबन्धीले यतिखेर भने बजार तताएको छ । लोकगित नसुन्ने जमातले पनी गलबन्दी सुनेकै छन् ।

गीतमा प्रयोग गरिएका मौलिक शब्द विचविचमा आएका थेगो कालाकारका गज्जव अभिनयले पनि यो गीतको फिनिसिङमा सहयोग गरेका छन् । उक्त गीतमै रहेको ढिलो आयो कडा आयो भन्ने थेगो त अहिले सामाजिक संजालमा भाइरलनै भएको छ ।

गीतले चौतर्फी चर्चा परिचर्चा र माया पाइरहेका बखत गीतका परिकल्पनाकार गायक , सर्जक तथा निर्देशक प्रकाश सपुतलाई एउटा अमिलो सुझाव आएको छ । गीतले चौतर्फी चर्चा पाएको बेलामा बहकिने मन नामक एउटा लोकप्रिय रेडियो कार्यक्रममा प्रस्तोता महाविर विश्वकर्माले प्रकाश सपुतलाई एउटा सुझाव दिएका छन् ।
उनले प्रकाशलाई मोलीक गीतलेनै राम्रो चर्चा परिचर्चा र माया पाउँन सकिन्छ भने व्याटल गाँउँदै नहिड्न साथै आफ्नो वास्तविक थर बाटनै चिनिन पनि आग्रह गरेका छन् । प्रकाशले आफ्नो नाम पछाडि वास्तविक थर नराखेर निक नेम सपुत राख्दै आएका छन् जुन कुरा महावीरलाई मन परेको रहेनछ । उनले प्रकाशलाई आफ्नै थरले चिनिन पनि सुझाव पनि दिएका छन् ।

यस्तो छ फेसबुक मार्फत महाविरले प्रकाशलाई दिएको सुझाव

‘गलबन्दी च्यातियो’ गीत हिट भइरहँदा मलाई भन्न मन लागेको कुरा

१. भलै ‘बोल माया’ एउटा निराशावादी गीत हो तैपनि ‘बोल माया’ र ‘गलबन्दी च्यातियो’ बाट प्रकाश सपुतले आफुलाई प्रमाणित गरे, ”लोकगीतसँगीतलाई अझै शानदार रुपमा माथी उठाउने ल्याकत मसँग छ” भन्ने । तर यस्तो प्रतिभा, दोहोरी ब्याटल भन्दै हाहा र हुहु गर्ने गीत गाएर नबराल्लिए हुने ।

२. दलित समुदायबाट विकसित भएका यस्ता पात्रहरुले प्रष्टसँग जात खुल्ने गरि लेखिदिनुपर्छ । यसले जात व्यवस्थाप्रतिको रुढ धारणा परिवर्तनका लागि मनोवैज्ञानिकस्तरमा काम गर्छ ।

लौ‘चिन्नेहरुले खबर पुर्याइदिनु

त्यस्तै

नेपाली लोक संगीतमा प्रकाश सपुतका कारण नयाँपन आउन थालेको छ । अझ भनौ प्रकाश सपुतले नै लोक गीतमा नयाँ धार लिदैछन । माया पिरतीको कुरा गर्दै गाउँघरमा खेलिने रत्यौलीलाई टपक्कै टिपेर जस्ताको तस्तै उतार्न सफल गायक सपुतले केही समयदेखि विकृत नेपाली लोक संगीतमा झिनो आशा पलाएका छन । उनले गायका गीतहरु चलन चल्तीका गीत भन्दा फरक छन र नेपालीपन त्यसमा झल्केकै कारण धेरै दर्शकले रुचाएका छन् ।

एकबर्ष अघि प्रकाशले निर्माण गरेको ‘बोलमाया’ बोलको लोक गीतले नेपाली लोकगीतको क्षेत्रमा छलाङ नै मार्यो । अझ भनौ लोक गीतलाई देख्यो की सात कोष टाडा भाग्ने दर्शकको पनि मन छोयो । त्यसपछि फेरी आजकाल चर्चामा रहेको उनको अर्को गीत ‘गलबन्दी’ले पनि बजार तताएको छ । सपुतले जर्वजस्ती लोक गीतको बजारलाई आफ्नो कब्जामा पार्न खोजीरहेका छन ।

प्रकाशले ‘गलबन्दी’ लाई ‘बोलमाया २’ अगाडीको भाग भएको बताएका छन् । बोलमायामा प्रकाशले एक यूवा बैदेशीक रोजगारीमा गएपछि मृत्यु भएको कथालाई उतारेका थिए । यस गीतमा भने ती यूवा बैदेशीक रोजगारीमा जानुपुर्व उक्त गाउँमा के गरेका थिए भन्ने कुरा हेर्न पाइन्छ ।

यो गीतमा बोल मायाकै टिम अर्थात गायिका शान्ति श्री परियारले प्रकाशलाई स्वरमा साथ दिएकी छन भने मोडल अन्जली अधिकारीले अभिनयमा साथ दिएकी छन । यो गीत गाउँघरमा बसेर गरिने प्रत्यक्ष दोहोरीमा हो । जसमा अन्जली र प्रकाशकै अभिनय देख्न पाइनेछ ।

अहिले यो गीतमा तिस लाख भन्दा धेरै दर्शकले हेरिसकेका छन भने युट्युवको ट्रेण्डिङ २ मा परेको छ । गर्मीको मौषममा प्रकाश सपुतको गलबन्दीले चर्चा पाउन थालेपछि अहिले उनको गीतलाई गर्मीको गलबन्दी भनेर सामाजिक संजालमा चर्चा गर्न थालिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १२:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।