काठमाडौं । नायिका करिष्मा मानन्धरले नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा भाग लिन पाउनु नै सरिता लामिछानेको जीत भएको बताएकी छन् । आज भइरहेको संघको निर्वाचनमा सरिता अध्यक्षकी प्रतिस्पर्धी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा नायिका मानन्धरले सरितालाई चुनावमा भाग लिन सफल हुनुनै उनको जीत भएको लेखेकी छिन् । “सरिता चेलीलाई के भन्न चाहान्छु भने कलाकार नै होइन भन्ने लान्छना लगाएर अदालतबाट जितेर ‘जुन हिम्युलेसन गर्नु को पराकाष्ठा थियो’चुनावमा भाग लिन सफल हुनुभयो । त्यो नै तपाईंको जीत हो । बाँकी प्रतिस्पर्धामा हार जीत त भैहाल्छ ।”
चुनाव लोकतान्त्रिक प्रक्रिया भएको र यसमा सबैले सहभागी हुन पाउनु पर्ने करिष्मा बताउँछिन् । सरिताले महिला कलाकार भैका कारण जुन मुद्दा मामिला र मानसिक तनाव झेल्नुपर्यो त्यसले महिलालाई हरेक क्षेत्रमा अझै अप्ठ्याराहरु छन् भन्ने स्पष्ट पारेको करिष्माले बताएकी छन् ।
आफू स्पष्ट व्यक्ति भएको भन्दै उनले लेखेकी छिन्, “म स्पष्ट मानिस हँ’ । सत्यको साथ छ’ । कसैलाई ठिक पार्नु छैन ।” करिष्मा सरिताको पक्षमा छिन् ।
संघको १७ औं कार्यसमितिको चयनका लागि आज भइरहेको निर्वाचनमा अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्का चुनावी मैदानमा छन् ।





















प्रतिक्रिया