Logo

मनोरञ्जन

मेलिनाको साथमा एसबीले ‘बोली मंहगो’ बजारमा ल्याउँदै ।



संचारकर्मी एवम् गायक एसबी साउदले मेलिना राई लाई साथमा लिएर ‘बोली मंहगो’ बोलको नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेका छन् ।

साउँदकै शब्द र संगीत रहेको गित युवा पुस्ताका स्रोतालाई लक्षित गरेर तयार पारेको जानकारी दिए ।

पुतलीसडकस्थित एवन् म्यूजिक स्टुडियोमा गीत रेकर्डपछि गायक साउँदले गीतमा मायलुलाई फकाउन हम्मेहम्मे परेको कथा लुकेको र केही हप्तामै गीतको भिडियो सहित युट्यूबमा सार्वजनिक गर्ने तयारी गरेको बताए ।

हाल अनामनगरस्थित रेडियो मिर्मिरे तथा शुभदिन डटकममा समाचार सम्पादकका रुपमा कार्यरत साउद् सन् २०१३ देखि औपचारिक गायनमा पनि सक्रिय छन् । सबै विधाका गीत रुचाउने उनले चलचित्रको पाश्र्व गायनमा विशेष रुची राख्छन् ।

कैलाली टिकापुरका स्थायी बासिन्दा साउदले हालसम्म आफ्नै शब्द, संगीतमा ४ र अन्य गरि ६ ओटा गीत बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ०६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।