Logo

समाचार

कैलालीमा नगरपालिकाको ट्याक्टरले च्यापेर एक जनाको मृत्यु



कैलालीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ५ चौरीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको हो। पश्चिमबाट उत्तर गईरहेको अनटेष्ट ट्याक्टरले किचेर स्थानीय ३५ बर्षीय भुमि भुषालको मुत्यु भएको जिल्ला प्रहरी कार्याय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए। चलिरहेको ट्याक्टरमा चढ्न खोज्दा भुषालको मृत्यु भएको उनले बताए। ट्याक्टर लम्कीचुहा नगरपालिकाको रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ११:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।