Logo

अर्थ

कामना सेवा बैंकद्वारा प्रदेश १ मा एकैदिन २ वटा शाखा सञ्चालन



कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. १ को झापामा कमलगाउँपालिका ५, पाडाजुङ्गी र बुद्धशान्तिगाउँपालिका १, बुधवारेमा ८८औंर ८९ औ शाखा कार्यालय स्थापना गरिएको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो ।

सोही क्रममा प्रमुखकार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरि प्रदेश नं. १ मा ९ शाखापुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्रपूर्व नेपालमाशाखाविस्तारलेव्यापार प्रवर्धनमापनिगतिमिल्नेबैंकले विश्वास लिएको बताए । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ८९ वटा शाखा कार्यालयहरु तथा ४० वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवाप्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5, C-ASBAलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार ०६:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।