Logo

टिप्पणी

डा.बाबुराम भट्टराईको सनसनीपूर्ण खुलासा, संसद पुर्नस्थापना हुने र देउवा प्रधानमन्त्री हुने पक्का



जनता समाजवादी पार्टी संघिय नेपालका अध्यक्ष्य तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी दिनमा संसद पुनर्स्थापना हुने र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने ठोकुवा गरेका छन् । 

मंगलबार राति एक टेलिभजन कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री ओलीले तानाशाहको रुप देखाएको र देश र जनतामाथि कुठाराघात गरेको भन्दै टिप्पणी गरेका छन् । भट्टराईले ओली प्रतिगमन पछिको सम्भावित राजनीतिक परिदृश्यवारे बोल्दै उनी मान्छे ठिक रहेको तर उनले गर्ने व्यवहार गलत रहेको भन्दै ओलीले देशलाई खतरामा लगेकोले सबैलाई बेलैमा सचेत रहन आगह्र समेत गरेका छन् । 

उक्त कार्यक्रममा बोल्दै डा. भट्टराईले आगामी दिनहरुमा आफु यही शासन प्रणालीमा प्रधानमन्त्री समेत नबन्ने र अबको सरकार युवाहरुलाई दिनुपर्ने माग रहेको बताए । उनले भने, ” यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति हुन्छ देशमा भने आफु त्यसको लागि जनतासामु जान तयार रहेको प्रष्ट्याए ।  

ओलीले आगामी चुनावको मिति सार्वजनिक मात्र गरेका हुन्, उनी चुनावको पक्षमा नरहेको दाबी समेत गरेका छन् । 

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १०:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।