राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने उनको भनाइ छ ।
गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि नेपाल टेलिकमले विभिन्न सेवाहरु उपलब्ध गराएको छ ।





















प्रतिक्रिया