Logo

मधेश प्रदेश

फुलवरियामा असल नेतृत्वको आवश्यकता: विद्यार्थी नेता सिंह



बारा जिल्लाको देवताल गाउँपालिका–०१ बडकी फुलवरिया भन्ने ठाउमा बिगतको केही समय देखि बिवाद बढदै गएको कुरा हामी अनलाइन पानाको पत्रकारहरुले थाहा पाए। थाहा पाए लगतै हामीले सत्य तथ्य बुझ्न सोही गाउँको एक विद्यार्थी नेता एवम् ने.बि.संघ. पर्साका सचिव प्रभात सिंह सङ विशेष छलफल तथा कुराकानी गरे । छलफलको क्रममा उनले भने अनुसार ।

स्थानीय निर्वाचन सम्पन्न भयो जस्मा सम्बन्धीत वार्ड बाट ७ जना वार्ड अध्यक्षका उमेदवार थिए उमेदवार मद्धे साबिक गा।बि।स अध्यक्ष (मुखिया)को छोरा नरेन्द्र सिंह, राजपाका नेता अरुन सिंह, पन्नालाल कलवार आदि इत्यादी थिए जस मद्धे पन्नालाल कलवारले निर्वाचन जिते । निर्वाचन पछ्चात गाउँमा स्वार्थ,बिद्रोह,लोभलालचको महोल बन्यो ।

निर्वाचन सम्पन्न भएलगतै महोल त्यही बाट बिग्रयो जब वार्ड अध्यक्ष प्रत्याशी अरुन सिंहले सिमा बिकास अन्तर्गत पर्ने रोड ढलान कार्यको उपभोक्त अध्यक्ष स्वयम्,कोषध्यक्ष आफ्नो बुहारीलाई बनाइ सो कार्यलाई कमिशनमा ठेकेदारलाई बेचे। त्यस पछाडी गाउँमा बिद्रोहको महोल बन्यो जनता जनता ले बिरोधको रचना गर्यो।

विद्यार्थी नेता सिंहले भने अनुसार निर्वाचन सम्पन्न हुनु अघि गाउँ एक थियो तर पुर्व प्रत्याशी अरुन सिंहले गर्दा गाउँमा गुटबन्दी हुन थाल्यो, जातियाताको भेदभाव आयो,टोलटोलको भेदभाव आयो, त्यही कारणले गर्दा गाउँमा अशान्ति उत्पन्न भयो र गाउँमा बिद्रोहको महोल बन्यो।

छलफलकै क्रममा प्रभात सिंहले भने भर्खरै २ महिना अगाडि वार्ड कार्यालय र स्वस्थ्य चौकी निर्माणका लागी गाउँपालिका र केन्द्रबाट बजेट आको थियो सबै गाउँवाशीले आपसमा सम्झौता गरि ठाँउ समेत तोकि दिए तर सोही अरुन सिंहले कार्यालय घरी यता न बन्ने घरी उता न बन्ने भन्दै काममा अवरुद्ध गरे र बजेट फृज भएर गयो ।

अर्को तर्फ हेर्दा अहिले सोही वार्डको सकृय युवा बिकाश सिंहले अरुन सिंहले गरेको कार्यको घोर भ्रतशना गर्दै बिभिन्न समाजिक सन्जाल मार्फत बिरोध गर्दै छन् भने नेता अरुन सिंहले पनि आफ्नो फेसबुक मार्फत बिरोध गर्दै छन् । यस्तोमा गाउँ अन्योलमा परेको विद्यार्थी नेता प्रभात सिंहले बताए ।

पुर्व गा.बि.स. अध्यक्ष एवम् वार्ड प्रत्याशी नरेन्द्र सिंहको बुवा हुदा सम्म गाउँ खुसहाल थियो, वार्ड प्रत्याशी नरेन्द्र सिंह हुदा सम्म गाउँको जनतामा सद्भाव थियो तर निर्वाचन सम्पन्न लगतै अरुन सिंह लगायतका विभिन्न ब्यक्तिले बिद्रोहको महोल सृजना गरे अनि गाउँमा अशान्ति फैलिएको छ।

अब गाउँलाई फेरि त्यही नेतृत्वको आवश्यकता परेको छ, गाउँलाई फेरि एकजुट गर्न त्यही नेतृत्वको आवस्यकता बताउदै नेता सिंहले बडकी फुलवरियाको सम्पुर्ण जनताले चाहेको र पाएको नेतृत्व छिटो भन्दा छिटो त्यहाँ पुग्ने बिश्वास दिलाउदै एकापसमा मिलेर सद्भाव बनाइ बस्न आग्रह समेत गरे ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ०५:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।