रोल्पाली गायिका बिरता र गायक भिम रोका मगरको नयाँ लोकदोहोरी गीत ‘जमिन मुनि बदाम’ को भिडियो सार्वजनिक भएको छ ।परिवर्तन डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको शब्द विपिन पौडेलले लेखेका हुन् ।
गीतमा म्याग्देली चर्चित गायक तथा सर्जक झलक बिरही थापाको लय सिर्जना रहेको छ । संगीत पनि उनैले भरेका हुन् भने विक्रम चौहान र टिका जैसी फिचर्ड छन् ।गायक भीम र गायिका बिरताले गीत दर्शकले रुचाउने कुरामा आशावादी रहेको बताएका छन् ।
सानैदेखि नै गीत संगीतमा बिशेष चासो राख्दै आएकी गायिका बिरता यस गीतले भोलिका दिनमा राम्रो गायिकाको रुपमा स्थापित गर्ने कुरामा ढुक्क भएको बताउँछिन् ।बैदेशिक रोजगारको सिलसिलामा प्रवासमा रहेका गायक भिमले थुप्रै नेपाली गीतहरु बजारमा ल्याइसकेका छन् । साथै आगामी दिनमा अझ उत्कृष्ठ गितहरु लिएर आउने कुरा यस गित लगाएत दर्जनौ गितहरुका सर्जक झलक बिरहि थापाले जानकारी गराएका छन् ।





















प्रतिक्रिया