Logo

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा कोरोनावाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो



सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ  । प्रदेशमा  गत भदौ ३० गतेसम्म ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा दुई दिनमा १०४जना  थपिएर कूल सक्रिय सङ्क्रमित ८०२ जना पुगेका छन् ।  कोभिड—१९बाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ४२४ जना पुगेका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भइ सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत धनगढी उपमाहानगरपालिका—५का ५७ बर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ ।

यो सँगै प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो २४घण्टामा प्रदेशका कैलाली,अछाम,डोटी, र कञ्चनपुर जिल्लाका गरी थप ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै कूल सङ्क्रमित छ हजार ५२८जना पुगेका छन् । कोरोना निको भई आजसम्म पाँच हजार ७१४ जना डिस्चार्ज भएका छन् । यसै बीच बैतडी जिल्ला अस्पतालमा आजवाट पिसीआरबाट कोरोना सङ्क्रमितका शङ्कास्पदको नमूना परीक्षण गर्ने प्रयोशाला सञ्चालन भएको छ ।प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले  प्रयोगशालाको शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार  १० : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।