Logo

अचम्म

राति नङ काट्नु हुँदैन भनेर किन भनिएको होला?काट्दा के हुन्छ होला?



हाम्रो परम्परा के छ भने, साँझ परेपछि कुच्चो लगाउनु हुन्न, जुत्ता-चप्पल उल्टो पारेर राख्नु हुँदैन ।यसैगरी पितापूर्खाहरु भन्छन्, राति नङ काट्नु हुँदैन ।हाम्रो घरका अग्रजहरुले हामीलाई सधैं सम्झाइरहने कुरा हो राति नङ काट्नु हुँदैन भन्ने कुरा । तर, यसको पछाडि के वैज्ञानिक कारण छ त ? यो कुरा हामीलाई कसैले पनि बताउने गरेका छैनन् । के वास्तवमै कुनै त्यस्तो कारण छ, जसले राति नङ काट्नाले अशुभ हुन्छ ?

पहिलाको समय र आजको आधुनिक युगमा निकै नै अन्तर छ । त्यसैगरी पुरानो समयका मानिस तथा नयाँ समयका मानिसहरुको विचारहरुमा पनि निकै अन्तर छ । जबसम्म नयाँ पुस्ताले हरेक विचारसँग सम्बन्धित तर्क भेट्दैनन्, तबसम्म उनीहरु त्यो तर्कलाई मान्न तयार हुँदैनन् ।यसैबीच राति नङ नकाट्नुका पछाडि यी तीन मुख्य कारणहरु छन् ।

पहिलो कारण=नङ हाम्रो औंलाहरुमा भएको एउटा मजबुत पत्र हो । जसले हाम्रो कोमल औंलाहरुलाई निकै हदसम्म बचाएर राख्छ । त्यसैले जब हामी नङ काट्छौं । तब हामीले विशेष ध्यानदिनु पर्ने कुरा के हुन्छ भने हाम्रा औंलाहरुमा कुनै पनि प्रकारको हानि पुग्नु हुँदैनपुरानो समयमा न त सबै घरहरुमा बिजुली हुन्थ्यो, न त हरेक समय बिजुली नै आउँथ्यो । पुरानो समयमा मानिसहरु सूर्यको प्रकाशका अनुसार नै आफ्नो सबै कार्यहरु गर्दथे । त्यसैले पनि त्यो बेला राति होइन, दिउँसो उज्यालोमै नङ काट्नुपर्छ भन्ने चलन चलाइएको थियो । उज्यालोमा नङ काट्दा औंलामा कुनै पनि प्रकारको हानि पुग्दैन भन्ने मान्यता थियो ।

दोस्रो कारण=प्राचीन समयमा नेल कटर मानिसहरुसँग हुँदैन थियो । त्यो बेला मानिसहरुले आफ्नो नङ चक्कु अथवा छुरीले काट्ने गर्दथे अथवा कुनै धारिलो औजारले काट्दथे । हामीले माथि नै उल्लेख गरिसकेका छौं, हरेक घरमा बिजुली नभएका कारण मानिसहरुले राति अँध्यारोमा छुरीले नङ काट्न रुचि देखाएनन् । हातमा कुनै पनि प्रकारको चोट नपुगोस् भन्नका लागि उनीहरुले राति नङ नकाटेका हुन् ।

तेस्रो कारण=जब हामी नङ काट्छौं, नङ झरेर कुनै खाद्य पदार्थ अथवा कसैको आँखामा पनि पर्न सक्छ । जुन निकै नै हानिकारक हुनसक्छ । त्यसैले पुरानो समयमा मानिसहरु थुप्रै कारणले गर्दा नङ काट्नै मान्दैन थिए ।यदि हामीले सबै कुरालाई बिस्तारले हेर्‍यौं भने हामी के निष्कर्षमा पुग्छौं भने पुरानो समयमा बिजुलीको सही अवस्था नभएका कारण हाम्रा अग्रजहरुले हामी

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  १२ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।