Logo

प्रमुख समाचार

२२ दिनपछि संसद सुचारु, सत्तापक्षीय सांसद नै बजेटको विपक्षमा



बजेट प्रस्तुत भएको २२ औं दिनपछि सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको सामान्य छलफल शुरु भएको छ । तर सोमबारको बजेटको छलफलमा सत्तापक्षीय सांसदहरुले भाग लिन मानेनन् ।

सत्तापक्षका कोही सांसद वोल्न तयार नभएपछि प्रमुख सचेतक तारा लामातामाङ आफै बजेटको समर्थन गर्न रोस्टममा उभिए । तामाङले लोकप्रिय सरकारले ल्याएको लोकप्रिय बजेट भन्दा फ्लोर रहेका सांसदहरु हाँसेका थिए । प्रमुख सचेतक तामाङले सरकारले लोकप्रिय बजेट भनेकोले आफूले पनि लोकप्रिय भनेको हो, भन्नुपर्छ भन्ने तर्क पनि गरे । उनले घुमारो पारामा आफ्नो क्षेत्रमा समेत बजेट नपारिएको अरु सांसदको क्षेत्रमा पनि नपरेको बताएका थिए ।

म आशावादी मान्छे हो पक्कै पनि बजेटलाई सन्तुलित बनाइन्छ होला भन्ने आशा छ उनको भनाइ थियो । उनले प्रतिपक्षले रातो किताव जलाउनु गलत हो भन्दै संसदमै छलफल चलाएर सहमति, सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

उनले बजेटमा लालझाडी क्षेत्रलाई राना पर्यटकीय क्षेत्र बनाउनु पर्ने, पहिचान हुने खालका योजना समावेश गर्नुपर्ने सुझाव पनि दिए । प्रमुख सचेतक तामाङले बजेट परिणाममुखी बनाउन पनि आग्रह गरे । बजेटमाथिको छलफलमा भाग लिदै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद टेकबहादुर रैकाले भ्रद सहमतिपछि मात्रै आफूहरु संसद सञ्चालन गर्न सहमत भएको चर्चा गर्दै धोका भए कुर्सी भाच्न पछि नपर्ने बताए ।

उनले कम्यूनिष्टहरुले कुर्सी भाच्न सिकाएको संकेत गर्दै आफूहरुले रातो किताव जलाउन सिकाएको चर्चा गरेका थिए । उनले प्रदेश सभाका २१ जना समानुपातिक सांसदमाथि विभेद नगर्न पनि आग्रह गरे । कांग्रेसका अर्का सांसद श्यामलाल रानाले बजेट जनताले प्रत्यक्ष राहत पाउने गरेर विनियोजन नभएको चर्चा गरेका थिए ।

सोमवारको बैठकमा प्रदेश सभा सदस्य पूर्णा जोशीले शर्पदंशको औषधी नहुँदा उपचार नपाएर डोटीमा सर्पको टोकाइबाट दुई जनाको मृत्यु भएको वताइन । उनले बदेलको आक्रमणबाट पनि सर्वसाधारण घाइते भएको वताउदै दुईवटै घटनाका पीडित पक्ष र आफन्तलाई राहत दिनु पर्ने माग गरिन ।

अर्का प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले बाजुरामा बुढीगंगा थुनिने अवस्था आएकोले समयमै ध्यान दिनु पर्ने बताए । उनले बुढीगंगा थुनिदा अछाम र कैलालीका खेती योग्य जमिन कटान हुने चिन्ता व्यक्त गरेका थिए । प्रदेश सभाको अर्को वैठक असार मंगलबार बस्ने सभामुख अर्जुनबहादुर थापाले बताए । मंगलबार पनि बजेटमाथि छलफल केन्द्रित हुनेछ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार ०३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।