Logo

समाचार

लगातारको पहिरोले नदि थुनिने सम्भावना, दर्जनौ गाउं जोखिममा



बुढीगंगा नदी थुनिने सम्भावना बढेको छ । बाजुराको त्रिबेणी नगरपालिका –९ पैमागाँउ तलबाट पहिरो झर्न शुरु भएपछि नदी थुनिने सम्भावना बढेको हो ।नदि थुनिएपछि त्रिवेणी र वुढीगंगा नगरपालिकाका साथै अछामको साँफेवगर लगायतका स्थानमा क्षति पुग्ने आकलन गरिएको छ ।

नदि थुनिने सम्भावना छ त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलले भने गत बर्षदेखि सो ठाँउमा पहिरो बग्न थालेको हो । स्थानियबासीहरुका अनुसार लगातार पहिरो बढदै गएपछि ठुला ढुङ्गा नदीको बिचमा आएर अडकिने सम्भावना रहेकोले जतिबेला पनि नदी थुनिन सक्ने सम्भावना छ । नदी थुनिने जोखिम बढेपछि स्थानियलाई समेत सचेत गराइएको मेयर रावलले वताए ।

गत बर्षदेखि नै पैमा गाँउबाट लगातार पहिरो खसिरहेको छ, नदी एक छेउतिर गएपछि बुढिगंगा नगरपालिका १ अम्कोटको तलबाट समेत पहिरो बग्न शुरु भएको स्थानीय नविन थापाले वताए। नदि थुनिने सम्भावनसँगै नजिकै रहेको खेतीयोग्य जमिन, झुलंगे पुल र साँफे–मार्तडी सडकखण्ड पनि उच्च जोखिममा रहेका छन् ।
पहिरोको अर्कोतिर रहेको साँफे–मार्तडी सडकखण्ड गएको बर्ष बर्षातभर अबरोध भएको थियो ।

पहिराले नदीसाघुरो बनाउदै गएको छ, अर्को भागमा नदीले कटान गर्दै गएपछि जुनसुकै बेला पनि साँफे–मार्तडी सड्क बन्द हुन सक्ने स्थानीयहरुको भनाई छ । गत बर्षदेखि नै सरकार राज्यलाई जानकारी भएपनि सडक ब्यबस्थापन गर्नमा कसैको ध्यान नगएको स्थानीयहरुको गुनासो छ ।

नदी थुनिने सम्भावनासँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत महत्वपूर्ण ठाँउ जोखिममा परेका छन् ।पहिरोका कारणपैमा गाउँ पनि जोखिममा रहेको बडीमालिका मन्दीरका पुजारी भानुभक्त पाध्यायले बताए ।

वुढीगंगा नदी थुनिने विषयले सोमवारको प्रदेश सभामा पनि चर्चा पाएको थियो । प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले प्रदेशसभा बैठकमा बोल्दै बुढीगंगा थुनिदा बाजुरा, अछामको साँफेबगर र कैलालीमा क्षति पुग्ने भन्दै समयमै सरकारले ध्यान दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार ०३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।