Logo

प्रमुख समाचार

शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु



शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु भएको छ । शिक्षकको कुटाईबाट घाईते कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँमा रहेको निजी स्कुल महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको उपचारका क्रममा मृत्यु भएको हो ।

विद्यालयबाहिर साथीभाइसँग झै–झगडा गरेको विषयमा प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकको कुटाईबाट गम्भीर घाईते कलौनीको भारतमा उपचार भईरहेको थियो । नौ कक्षामा अध्ययनरत कलौनीको टाउको, छातीमा चोट लाग्नुका साथै दायाँखुट्टा भाँचिएको थियो ।

नेपालगन्ज शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचार लागि उनका परिवारले भारतको राममुर्ती मेडिकलमा लगेका थिए । माधबको मंगलबार राति उपचारका क्रममा मेडिकलमा मृत्यु भएको हो । विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि ल्याईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ०३:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।