Logo

समाचार

नालीमा डुवेर दुई बालकको मृत्यु



नालीमा जमेको पानीमा डुवेर दुई बालकको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका वडा नम्वर ५ मा सहदेव बुढाका ६ बर्षीय छोरा सुशान्त बुढा र सोही ठाउँका शेरवहादुर बुढाका ६ बर्षकै छोरा हनी बुढाको नालीमा जमेको पानीमा डुवेर मृत्यु भएको हो । मंगलवार दिउसो खेल्न गएका दुवै जना साँझ सम्म पनि नफर्किपछि स्थानीयले खोजी सुरु गरेका थिए ।

दुवै जनाको शव नालीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ०६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।