Logo

प्रमुख समाचार

कैलालीमा बिस्फोट, पाँचजना गम्भीर घाईते



धनगढीमा बिस्फोट हुँदा पाँचजना गम्भीर घाईते भएका छन् । धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा बिहिवार अपरान्ह विस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए ।

घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी नीरिक्षक पन्तले जानकारी दिए । घाईतेहरुको परिचयउ खुलेको छैन् । विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तर कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरेका छन् भने कतिपयले बम नै विस्फोट भएको अनुमान गरेका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार १३:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।