धनगढीमा बिस्फोट हुँदा पाँचजना गम्भीर घाईते भएका छन् । धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा बिहिवार अपरान्ह विस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए ।
घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी नीरिक्षक पन्तले जानकारी दिए । घाईतेहरुको परिचयउ खुलेको छैन् । विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
तर कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरेका छन् भने कतिपयले बम नै विस्फोट भएको अनुमान गरेका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।





















प्रतिक्रिया